Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- तयारी पोसाक उद्योग संघले तयारी पोसाकमा लागेको १० प्रतिशत अतिरिक्त शुल्क(काउन्टर भ्यालिङ ड्युटी)को बारेमा स्पस्ट पार्न बाणिज्य मन्त्रालयलाई आग्रह गरेको छ । ‘भारतले तयारी पोसाकमा १० प्रतिशत थप शुल्क लगाइरहेको छ ।
तर यसका बारेमा सरकारी अधिकारीले स्पस्ट जवाफ दिन सकेका छैनन्,’ संघका अध्यक्ष उदयराज पाण्डेले भने, ‘भारतले कसरी यो शुल्क लिएको हो भन्ने समेत जानकारी मागेका छौ ।’ संघले एक साता अघि पत्र लेखेर स्पस्ट पार्न आग्रह गरेको हो ।
उनले बाणिज्य र भन्सार विभागले अतिरिक्त शुल्क कुन प्रावधान टेकेर लगाएको हो भन्ने बारेमा अनभिज्ञता व्यक्त गरेको बताउँछन् ।
‘सरकारी अधिकारीले भारतले अतिरिक्त शुल्क किन लगाएको हो भन्ने स्पस्ट जवाफ दिन नसकेपछि औपचारिक रुपमा पत्र पठाएका हौ,’ पाण्डेले भने, ‘शुल्क लगाउने कारण आएपछि हटाउन कुटनीतिक पहलको लागि आग्रह गर्नेछौ ।’
भारतले गत आर्थिक वर्ष २०११/१२ को बजेट वक्तव्यमार्फत् तेस्रो मुलुकबाट तयारी पोसाक आयात गर्दा यो शुल्क लगाउने घोषणा गरेको थियो । शुल्क लगाएको विषयमा वाणिज्य मन्त्रालय र भन्सार विभागलाई जानकारी गराउँदा समेत उनीहरुले स्पस्ट जवाफ दिन नसकेको पाण्डेले बताए ।
एक महिना अघि कोलकातामा भएको दुई देशका सहसचिवबीचको छलफलमा समेत शुल्कको विषय उठाउन व्यवसायीले आग्रह गरेका थिए । भारतले नेपाली कन्टेनरमा लगाउँदै आएको अतिरिक्त ताला हटाउने र कोलकोता बन्दरगाह सरलीकरण गर्ने विषयमा भएको छलफलमा समेत तयारी पोसाकको अतिरिक्त शुल्कबारे कुरा उठेको थियो । तर त्यतिबेला समेत केन्द्र सरकारले यस्तो शुल्क नलगाएको जवाफ पठाएको थियो।
थप छलफल आवश्यक देखिएको छ,’ उनले भने, ‘केही दिनमै छलफल गरेर टुंगोमा पुग्न सकिन्छ।’
नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकाले कोटा खारेज गरेपछि पछिल्लो समय व्यवसायी भारततिर लागेका थिए । भारतीय बजारमा प्रतिस्पर्धा गर्न निश्चित योजना बनाई लागत घटाउनुपर्नेछ । दुई वर्षअघि भारतले अधिकतम खुद्रा मूल्यमा चार प्रतिशत शुल्क लिँदा निकासी ठप्पजस्तै भएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणपछि भारतले यस्तो शुल्क हटाएको थियो । भारतले सबै मुलुकबाट आउने तयारी पोसाकमा यस्तो शुल्क लगाउँछ ।
नेपालकै छिमेकी बंगलादेश भने लागतका आधारमा प्रतिस्पर्धी मानिन्छ । मजदुर ज्याला, कच्चा पदार्थ, ढुवानी भाडा सरल भएका कारण बंगलादेशी उत्पादन नेपालको भन्दा सस्तो पर्छ ।   बंगलादेशीभन्दा नेपाली तयारी पोसाक भारतमा १५ प्रतिशत महँगो पर्छ ।
अमेरिकी कोटा खारेजीपछि यहाँका रारा एपेरल्स, एलिना गार्मेन्ट, मोमेन्टो गार्मेन्ट, जेडी एपेरल्स र अमी एपेरल्सले भारततर्फ तयारी पोसाक निर्यात गरिरहेका छन् । भारत लक्ष गरी सीमा क्षेत्रमा साना उद्योग पनि स्थापना भइरहेका छन् ।
तपाईको प्रतिक्रिया