Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र मजबुत पार्न राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट गहन सोच राखिनुपर्ने बताएका छन् ।
६२ औं प्रजातन्त्र दिवस पूर्वसन्ध्यामा शनिबार शुभकामना व्यक्त गर्दै ज्ञानेन्द्रले राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्र रक्षाका लागि आफू मन, बुद्धि र विवेकबाट सधैं संलग्न भइरहने प्रतिबद्धता जनाएका छन् । विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ निष्कण्टक हुन नसक्ने भन्दै उनले विधि व्यवस्थामा मौलिक राष्ट्रिय परिवेश नभए प्रजातन्त्र तथा राष्ट्रियता दुवै जीर्ण र अपूरो रहनेसमेत उल्लेख गरेका छन् । ‘मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको महत्त्व र अस्तित्व रहँदैन,’ उनले भनेका छन्, ‘प्रजातन्त्र नभए जनताका अधिकार कुष्ठित हुन्छ र राष्ट्रियताको जरो जर्जर हुन्छ ।’
राष्ट्रियता, जनहित र प्रजातन्त्रको आदर्श एवं मौलिक मान्यतामा अग्रजहरूको जस्तै आफ्नो पनि अटल आस्था, विश्वास, सहयोग र समर्थन रहेको भन्दै उनले प्रजातन्त्र जीवन पद्धतिमै उत्रनुपर्नेमा जोड दिएका छन् । उनको शुभकामनामा छ, ‘प्रजातन्त्रको चहक घामले सबै नेपालीको टलक बनोस् र राष्ट्रको राम्रो झलक झल्कियोस् ।’
तपाईको प्रतिक्रिया