Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
इनरुवा – राष्ट्रियताविरुद्ध नबोल्न राष्ट्रपति रामवरण यादवले सम्झाए पनि मन्त्रीहरुले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् ।
सुनसरीको हरिपुरमा शनिबार स्वास्थ्य शिविर उद्‍घाटन गर्दे सद्‍भावना पार्टीका अध्यक्ष समेत रहेका महतोले भने, ‘सञ्चारमन्त्री जेपी गुप्ता मात्र होइन म पनि भन्छु मधेसीलाई अधिकार दिइएन भने शासकवर्गसँगको सम्बन्ध सुमधुर रहन सक्दैन, त्यो सम्बन्धमा खोट आउँछ मधेसमा आगो बल्छ ।’
सञ्चारमन्त्रीको विवादास्पद अभिव्यक्ति तातिरहेकाबेला स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेसी नेता वा जनताको राष्ट्रियतामाथि कसैले औंला उठाए त्यसको औंला काटिदिने चेतावनी दिएका छन् ।
मधेसी नेताहरु केही बोल्दैमा राष्ट्रियताको सवाल देखाएर विरोध हुने गरेको बताउँदै अब मधेसी नेता र मधेसी जनताको राष्ट्रियतामाथि कसैले औंला उठाए त्यो औंला काट्ने बताए ।
तपाईको प्रतिक्रिया