Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काभ्रे – राष्ट्रपति रामवरण यादवले राज्यको पुनर्संरचना हुँदा राष्ट्र सिंगो हुनुपर्ने बताएका छन् । उनले पहिला हामी नेपाली र त्यसपछि मात्रै अरु भएकाले नेपालीको गौरव सिंगो राष्ट्र मात्र भएको बताए ।
काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको मध्यमाञ्चल महोत्सवको शनिवार बनेपाको पुलबजारमा समुद्‍घाटन गर्दै उनले देशको बैज्ञानिक ढंगबाट आर्थिक, सामाजिक, भौगोलिक र संस्कृतिक महत्त्व बुझेर राष्ट्र सिगो रहने रुपमा पुनर्स‌रचना हुनु पर्ने बताए ।
‘पहिला हामी नेपाली हौ । विदेशमा पनि हाम्रो पहिचान नेपालीकै रुपमा रहेको छ ‘ उनले भने ‘पार्टीका नेताहरुले बाहिर जथाभावी बोल्दै हिडेका छन । त्यो गर्नु भएन । बैज्ञानिक ढंगबाट राज्यको पुर्नसंरचना हुनु पर्दछ । ‘
महोत्सब फागुण १४ गते सम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया