Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेना र माओवादीबीच तिक्तता बढाउने षडयन्त्र भैरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय मावनअधिकार सरोकार केन्द्रको दोस्रो राष्ट्रिय परिषद्को शनिबार काठमाडौंमा उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले कसैको पनि नाम नलिई प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले सेना समायोजनबारे सरकारले सुझाव लिन विशेष समिति मार्फत निर्देशन दिएको र त्यसै अनुसार सेनाको सुझाव आएको बताउनुभयो ।
सेना समायोजन र शान्ति प्रक्रिया छिटो टुंग्याउने दिशामा अगाडि बढेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले माओवादीले शान्ति प्रक्रिया रोक्यो भनेर आरोप लगाउनेलाई कुनै ठाउँ नदिई सेना समायोजन टुंग्याउने बताउनुभयो ।
तपाईको प्रतिक्रिया