Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
 दैलेख – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहारमा भव्य स्वागत पाएपनि दैलेखमा भने उनको आफ्नै पार्टीका कार्यकर्ताले उनको पुत्ला जलाएका छन्।
पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षीय केन्द्रीय सदस्य हर्कबहादुर शाही सहितका नेतारकार्यकर्ताहरुले सदरमुकामका साथै विभिन्न भेगमा पुत्ला दहन गरेका हुन् ।
दश महिना देखि अवरुद्ध भएको माथिल्लो कर्णाली परियोजना संचालनको लागि बिहीबार मन्त्री परिषदको निर्णयले आवश्यक पर्ने वन क्षेत्र जिएमआर कम्पनीलाई दिई आयोजनाको बाटो खुल्ला गरेकोले विरोधका साथै पुत्ला दहन गरिएको हो।
आयोजनाको विरोधमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्दै एनेकपा माआवादी केन्द्रीय सदस्य हर्कबहादुर शाहीले भने, ‘बाबुराम आफ्नै पार्टीको नेता भएपनि भारतपरस्त र विस्तारवादको दलाल भएकाले टुलुटुलु हेरी बस्न सक्दैनौं’, ‘यस्तै राष्ट्रघाती काम गरिरहे स्वाभिमानी नेपालीले एक दिन कुर्सीबाट लात हानेर भगाउनेछन् ।’
तपाईको प्रतिक्रिया