Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं- नेकपा एमालेको तेस्रो बरीयतामा उक्लिएका केपी शर्मा ओलीबारे राजनीतिमा अनेक किस्सा आइरहन्छन् ।
तेस्रो बरीयतामा पुगेपछि फुर्किएका ओलीले कार्यकर्तालाई मोबाइल किनिदिएको चर्चा बजारमा व्याप्त छ । आफूनिकट युवाहरुसँग हिउँमा चिप्लेटी खेल्न सीमभंज्याङ पुगेका ओली केही समयअघि भने पार्टीमा मोबाइल बाँडेर चर्चामा आएका हुन् ।
ओलीले यसपाली आफ्नै कार्यकर्तालाई खनखन नगद पैसा गनेर मोबाइल किनिदिएका छन् । केही समय पहिले अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि बाग्लुङ गएका ओलीले त्यहाँबाट फर्किनेक्रममा पर्वतको कुश्मामा दुर्इजना एमाले स्थानीय नेताहरुलाई १५ हजारका दरले मोबाइल किनिदिएका हुन् ।
ओलीले किनिदिएको मोबाइल बोक्न पाउने भाग्यमानीमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सदस्य कल्पना चापागाईं र योजना शर्मा छन् । योजना दिदी बहिनी एफएमकी स्टेशन म्यानेजर हुन् ।
तपाईको प्रतिक्रिया