Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

टोकियो – नेपाल पत्रकार महासंघ बेलायत शाखाले मृगौलाको समस्याले थलिएका पत्रकार रमेश चालिसेलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

बेलायत शाखाले पठाएको १२ हजार ४० रुपैयाँ नेपाल पत्रकार महासंघ अध्यक्ष शिव गाउँलेलाई बिहीबार हस्तान्तरण गरियो। अध्यक्ष गाउँले चालिसे सहयोग समितिको संयोजक हुन्। उनले चालिसेका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको जानकारी दिए।

रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेका चालिसले लामो समयसम्म च्यानल नेपालमा काम गरे। विगत ३-४ वर्ष अघिदेखि उनी मृगौलासम्बन्धी रोगबाट ग्रसित छन्। चालिसले अहिले पनि बीर अस्पतालमा नियमित उपचार गराइरहेका छन्।

स्मरण रहोस, पत्रकार चालिसेका लागि पत्रकार महासंघ जापान शाखाले पनि आर्थिक सहयोग जुटाउन सक्रियपूर्वक लागिरहेको छ । मंगलबारसम्म संकलन भएको रकम महासंघको केन्द्रिय कार्यालयमा पठाउने योजना रहेको जापान शाखाका सचिव हरि पोखरेलले जानकारी दिए । ***

तपाईको प्रतिक्रिया