Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौ- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली सेनालाई तटस्थ बनाएर मुलुकको राष्ट्रिय स्वाभिमानीलाई कायम राख्न सक्नुपर्ने विचार व्यक्त गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको २२ औँ सम्मेलनको शुक्रबार उद्‌घाटन गर्दै उनले अहिलेसम्म नेपाली सेनाले स्थापित गरेको स्वच्छ छविलाई धुमिल पार्ने काम कहिँ कतैबाट पनि हुन नहुने बताए ।
उनले भने, ‘नेपाली सेनालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ, यदि सेनामाथि राजनीतिक हस्तक्षेप गरिन्छ भने मुलुक पाकिस्तानको हालतमा पुग्ने छ, यसतर्फ सबै राजनीतिक दलहरू सचेत हुन जरुरी छ ।’
नेता नेपालले मुलुकको राजनीतिक गत्यावरोधलाई अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन भन्दै वर्तमान सरकारले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको बाटो खुल्ला गर्नुपर्नेमा जोड दिए ।
उनले जनचाहना अनुरुप शान्तिप्रक्रियाका मूलभूत कार्य सम्पन्न गरी निर्धारित समयमै संविधान लेखनको कामलाई टुङ्ग्याइनुपर्ने बताए ।
सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष लक्ष्मण लम्सालले आफ्नो सङ्गठन विद्यार्थीकै हकहितमा जुटिरहेको बताएका थिए ।
शुक्रबार सुरु भएको सम्मेलनको बन्दसत्रले अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया