Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
काठमाडौं- विश्वकै संगीत क्षेत्रको इतिहासमा सबै भन्दा कान्छो संगीतकारको रुपमा उत्प्रेम जोजिजुले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।
रानीपौवा पोखरा ११ का दुई वर्षीय उत्प्रेम जोजिजूले २०६८ माघ २७ गते विश्व संगीत इतिहासमा एभरेष्ट वल्र्ड रेकर्ड २०१२ मा विश्वकै कान्छो  ड्रमसेट संगीतकारको उपाधि हासिल गरेका हुन् ।
शुक्रबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै जोजिजू म्यूजिक सेन्टरले उत्प्रेम जोजिजूले दुई वर्षकै उमेरमा ड्रमसेटमा विश्वकै कान्छो ड्रमलर भएको प्रमाणित प्रमाणपत्र सार्वजनिक गरेको थियो ।
पिता सहदेव जोजिजू र आमा हरिमाया जोजिजूका कोखबाट २०६५ असोज १ जन्मिएका उत्प्रेम जोजिजू ग्लोवल कलिजियट रानीपौवा स्कुल पोखरामा प्ले ग्रुपमा अध्ययनरत छन् । उत्प्रेमले हालसम्म १५ वटा सम्मान तथा प्रमाण पत्र पाईसकेका छन्
डेढ वर्षको उमेरदेखि ड्रमसेट बजाउन सुरु गरेका उत्प्रेमले दुई वर्षको उमेरबाटै सार्वजनिक प्रदर्शन गर्न थालेका हुन् । उत्प्रेमले पहिलो प्रस्तुति २०६७ असोज १ गते गरेका थिए भने अहिलेसम्म उनले ११ औं पटक ड्रमसेटको कला प्रदर्शन गरिसकेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया