Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं-जापानी रेस्लर नोबेरु कुरोकावाको प्रहारलाई नेपालका हिमालयन टाइगरले कसरी प्रतिकार गर्लान् ? शनिवारको भिडन्तमा प्रत्यक्ष हेर्न पाइनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ‘माचो सामुरी’ नामले चिनिने कुरोकावा विरुद्व हिमालयन टाइगल भिड्ने भएका हुन्  । यो घम्साघम्सीमा महिला रेस्लर कार्मेलाले हिमालयनको बचाउमा माचो सामुरीमाथि आक्रमण गर्नेछिन् ।
चिम्सा आँखा, आक्रमक अनुहार र भिमकाय शररिका आधा दर्जन जापानी रेस्लर भिडन्तका लागि कभर्डहलमा उत्रने भएका छन् । प्रतिरक्षाका लागि उत्तिकै संख्यामा नेपाली रेस्लरहरु त्यहाँ पुग्नेछन् ।
खेलका निर्णयक भने योशियुकी नाकामोरा (जापानका चर्चित रेस्लिङ कम्पनी जीरो वानका सिइओ) रहनेछन् ।
यसपटक जापानी सुमो खेलाडी समेत रहेका किको जिरो र वुद्विष्ट रेस्लर निचिरयु काम्बे पनि रिङमा उत्रने जनाइएको छ ।
त्यसैगरी मिस्टर युमेची, वाकाताकाको चुनौतीलाई नेपालका मिस्टर यती, स्नोलाइन, म्याक्स वी, राइनो, कोव्रा, लिजार्ड काइन्ड, द स्किोरपियन, द कारिवरले सामना गर्नेछन् ।
प्रतियोगिता नेपाल-जापान सेवा सेन्टर एवं हिमालयन टाइगरले संयुक्त रुपमा गर्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया