Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुको लगानीमा सञ्चालन हुन गईरहेको निजी हवाई सेवा स्वागतयोग्य कार्य भएको बिचार ब्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री डा. भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले प्रभावकारी सेवा प्रदान गर्न नसक्दा अरबौको स्वदेशी पूँजी बाहिरिएको सन्दर्भमा स्वदेशीहरुको लगानीमा निजी वायुसेवा बिबि एअरवेज सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताउनुभएको हो ।

उक्त कुरा प्रधानमन्त्री डा. भट्टराईले बिबि एअरवेज कम्पनीका अध्यक्ष भवन भट्टको नेतृत्वमा हालै बालुवाटार गएको सो कम्पनीको प्रतिनिधि मण्डलसंगको भेटवार्ताकाक्रममा बताउनुभएको हो ।

“तपाईंहरु आफ्नो तयारी पूरा गर्नुस्, म सरकारको तर्फबाट कुनै बाधा अड्चन उत्पन्न हुन दिनेछैन’- प्रधानमन्त्रीले भन्नुभयो- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था गम्भीर रहेको अवस्थामा निजी क्षेत्रबाट स्वदेशी कम्पनीको सुरुवात हुन लागेकोमा खुशी लागेको छ, यसले चाँडैनै उडान सञ्चालनमा ल्याउने बिश्वास लिएको छु ।”

बिबिले काठमाडौंबाट नयाँ दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुरमा उडान भर्ने अनुमति पाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटकाक्रममा कम्पनीका तर्फबाट अध्यक्ष भट्टले भदौ २८ अर्थात सेप्टेम्बर १३ तारिखका दिन पहिलो उडान सुरु गर्ने कम्पनीको लक्ष रहेको जानकारी गराउनुभयो । उक्त अवसरमा उहाँले सरकारका तर्फबाट हालसम्म पाइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा पनि सरकारीस्तरबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा गरेको बताउनुभएको छ । अध्यक्ष भट्टसँगै प्रमुख कार्यकारी अधिकृत शिशिर भट्ट, प्रमुख सञ्चालन अधिकृत हरिभक्त श्रेष्ठ, वित्तीय सल्लाहकार सुधीर शर्मा पौडेलले एयरवेजका हालसम्मका कार्यप्रगति प्रतिबेदन लगायत विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

गैर आवासीय नेपाली, अझ बिशेषगरी जापानमा बस्ने नेपालीहरुको आशा र अपेक्षाको केन्द्र बनेको जापानबाट सिधा हवाई उडान भर्ने लक्ष लिएको बिबि एअरवेजले अन्तरराष्ट्रिय उडान भर्ने अनुमति पाएयता यहाँका नेपालीहरुमा उत्साहको सञ्चार गरेको छ । नेपाल वायु सेवा निगमको ओसाका-काठमाडौं उडान बन्द भएको ८ बर्ष भन्दा बढि भईसकेको छ । नेपालका लागि सिधा हवाईउडान नहुँदा झन्झटिलो यात्राका कारण नेपाल जाने जापानी पर्यटकहरुको संख्यामा अपेक्षित बृद्धि हुन नसकेको सम्बन्धित बिज्ञहरुको दाबी छ ।

बिबि एअरवेजमा गैर आवासीय नेपालीहरुलाई क्षमताअनुसारको शेयर लगानी गर्न प्रोत्साहन गरिने बताईएको छ । जसले गर्दा सामुहिक लगानीको अवधारणाअनुसार बिदेशमा मिहिनेत गरेर कमाएको पैसा अन्तरराष्ट्रिय वायु सेवा कम्पनीमा लगानी गर्ने अवसर गैर आवासीय नेपालीहरुले प्राप्त गर्नेछन् ।

बिबि एअरवेजको सञ्चालनपश्चात सिधा सम्पर्कका कारण जापानी पर्यटकहरुको उल्लेख्य मात्रामा बृद्धि हुनुका साथै यहाँका नेपालीहरुले आफुले लगानी गरेको विमान कम्पनीको सेवा आफै उपयोग गर्ने अवसर पाउने छन्, त्यो दिन अब धेरै टाढा नरहेको बिबि एअरका अध्यक्ष भट्टले समुद्रपारिलाई बताउनुभयो । ***

तपाईको प्रतिक्रिया