गोरखा- गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ ।
दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन्। मनकामना मन्दिर नपुका पाठकलाई हामीले समुद्रपारिबाटै दर्शन गर्ने अवसर मिलाएका छौं । हेरौं फोटो फिचर