Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- ठेक्काको कमिसन माग्दै काभ्रेका एक युवाले आफ्नै भिनाजुको अपहरण गरेका छन् ।
आफूले माग गरेबमोजिम ठेक्काको १० प्रतिशत रकम कमिशन नदिएपछि काभ्रेको सानो बल्थली गाविसका २६ वर्षीय नवराज पराजुलीले आफ्नै भिनाजु अनिरुद्र गौतमको अपहरण गरेका हुन् ।
अनिरुद्र निर्माण व्यवसायी हुन् ।
पराजुलीले मंगलबार साँझ ९ लाख ३० हजार रकम माग गर्दै काभ्रेको धुसेनी शिवालय ८ बाट भिनाजु दीपक भनिने अनिरुद्रलाई अपहरण गरेका हुन् । अपहरण गरेर दोलालघाटतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेपछि सालाले भिनाजुको अपहरण गरेको तथ्य खुलेको हो ।
प्रहरीले गौतमलाई अपहरण गर्नमा संलग्न साला पराजुली सँगै ६ युवालाई पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया