काँकडभिट्टा – झापाको काँकडभिट्टास्थित बसपार्कमा सकेट बम फेला परेपछि सर्वसाधारण त्रसित भएका छन् ।
बिहीबार बिहान ५ बजे बसपार्कमा सकेट बम भेटिएको थियो । बम भेटिएपछि पार्किङमा रहेका सवारीलाई अन्यत्रै सारिएको छ । अहिले बसपार्क क्षेत्रमा सशस्त्र र जनपद प्रहरी बाक्लो बनाइएको छ ।
चारआलीस्थित २१ नम्बर बाहिनीको डिस्पोजल टोलीले बम निस्कृय पार्ने तयारी गरिरहेको छ । यसअघि काँकडभिट्टाको भन्सार, पूर्वपश्चिम राजमार्ग र नेपाल–भारत सीमा क्षेत्रमा पनि बम फेला पारिएको थियो ।