Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– माओवादी जनसत्ताले गरेको निर्णयलाई मान्यता दिएकोमा संसद् अबरुद्ध गर्दै आएका विपक्षी दलको सहमतिमा शान्ति प्रक्रियाले फेरि फड्को मार्दै छ ।
तीन दलको बुधबारको बैठकले बिहीबार मन्त्रिपरिषद् बैठक बसी जनसत्ताको निर्णय फिर्तासहित महत्त्वपूर्ण निर्णय गर्ने सहमति गरेको थियो । सहमतिअनुसार पुनः बिहीबारदेखि शान्ति प्रक्रिया र संविधान निर्माणले फड्को मार्नेछ ।
दलहरुबीच रोकिएको वार्ता पनि सुचारु हुने अपेक्षा गरिएको छ ।
मुलुकको राजनीतिक परिस्थिति संकटपूर्ण अवस्थामा पुगेको वेला गोकर्ण रिसोर्टमा तीन दलको वैठक बसेको हो ।
विहान ८ बजे देखि बेलुकी ४ बजे सम्म नेताहरुले शान्ति प्रकृया संविधान निर्माण प्रकृया र सहमतिको सरकार निमार्ण गर्ने प्रकृयाको सम्वन्धमा र विश्वास निर्माण प्रकृयाको विस्तृत छलफल गरे ।
‘कथित’ जनसत्ताकालमा गरिएका घरायासी निर्णयहरुलाई कानुनी रुप दिन हालै क्यविनेटले गरेको गैर संबैधानिक निर्णयले पार्टीहरु विचमा अविश्वसको खाडल गहिरिदै गएको थियो र संसद अवरुद्ध वन्दै आएको थियो । यस सम्वन्धमा बुधबारको वैठकले उक्त अवरोध हटाउन प्रधानमन्त्रीले उपरोक्त निर्णय फिर्ता लिनु पर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले उक्त निर्णय लिए पछि सदन खुल्ने र पार्टीहरुबीच विश्वासको वातावरण निर्माण हुने आशा गरिको छ । शान्ति प्रकृयालाई अगाडी बढाउने सम्वन्धमा पनि भोलि नै विशेष समितीको वैठक डाँकी त्यस सम्बन्धमा उत्पन्न समस्याहरुलाई समाधान गरिने छ ।
संविधानका वारेमा खास गरि राज्य पुनःसंरचनाको बारेमा छलफलको शुरुवात भएको छ । सहमतिका सरकारका बारेमा पनि छलफल हुनेछ । अर्को वैठक २८ गते पुनः बस्नेछ ।
तपाईको प्रतिक्रिया