Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटी वैठकले द्वन्दकालीन जनसत्ताका निर्णयलाई कानूनी मान्यता दिने, शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्ने एनेकपा (माओवादी) को चालबाजीले मुलुक गम्भीर दुर्घटनालाई जान सक्ने निष्कर्ष निकालेको छ ।
नेकपा (एमाले) मुख्यालय मदननगर, बल्खुमा बसेको स्थायी कमिटीको वैठकले शान्ति र संविधान निर्माण प्रक्रियालाई जिम्मेवारीपूर्वक अघि बढाउने र जनसत्ताका निर्णयलाई कार्यान्वयन गर्ने निर्णय फिर्ता लिन समेत माओवादीलाई आग्रह गरेको छ ।
वैठकपछि नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जनसत्ताका निर्णय कार्यान्वयन अन्तरिम संविधान विपरीत भएको र यसको विरोधलाई जारी राखिने बताउनु भयो । फागुन २१ गतेबाट राजधानीमा शुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद्को वैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनबारे छलफल गर्न बसेको सो वैठकमा प्रतिवेदनमाथि भने कुनै छलफल नभएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया