Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बागलुङका  कृषकहरुमा गाईभैसीमा कृत्रिम गर्भाधान गर्ने क्रम बढ्दै गएको छ । किसानले पशुपालनमा आधुनिक प्रविधिको प्रयोग गर्न थाले उत्पादकत्वमा बृद्धि हुने, राँगो र बहर पाल्न नपर्ने भएपछि किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् ।

जिल्ला पशु सेवा कार्यालय बागलुङले सस्तो शुल्कमा कृत्रिम गर्भाधान गर्ने भएपछि किसान माझ गाई र भैँसीमा कृत्रिम गर्भाधान गराउने लहरनै चल्न थालेको छ । उत्पादकत्व बढ्ने र साँढे पाल्ने झन्झट नभएपछि किसान यो प्रविधीमा निकै आकर्षित भएको जिल्ला पशु सेवा कार्यालय,बागलुङका प्रमुख डा. प्रदिप पौडेलले बताउनुभयो ।

एक भैँसी या गाईलाई राँगो वा बहर लगाए बापत किसानले ५ सय देखि ८ सय रुपैयाँ लिने गरेका थिए । तर,कार्यालयले कृत्रिम गर्भाधानको २५ रुपैयाँ शुल्कमा सेवा प्रदान गर्ने गरेको छ । गाई वा भैँसी गर्भाधान हुनको लागि बआएका १२ देखि १८ घण्टा भित्रमा प्राविधिकले कृत्रिम विधीबाट विर्य राख्ने गरेका छन् । विर्यलाई माईनस १ सय ९६ डिग्रि सेन्टिग्रेटको तापक्रममा राखिएको हुन्छ । राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखराबाट ल्याएको विर्यलाई पशु कार्यालयले उपयुक्त तापक्रममा भण्डार गरेर राख्ने गरेको छ । पशुको योनीद्वारबाट पाठेघरमा पुर्‍याईन्छ । यो अभियान देशका २५ जिल्लामा शुरु भएको छ ।

कृत्रिम गर्भाधानबाट पशुको उत्पादकत्व बढ्ने र त्यसबाट तयार भएका गाई भैँसीको जातमा समेत सुधार आएपछि सरकारले अनुदानमा सस्तो मूल्यमा यो प्रविधि गाउँगाउँ सम्म पुर्‍याउने योजना बनाएको छ । फोनकै भरमा पशु कार्यालयका चिकित्सक लगायत प्राविधिकको टोलीले घरमै आएर सेवा दिने भएपछि किसानलाई समेत निकै राहात पुगेको छ । जिल्लामा यो बर्ष करिव ५ सय गाई भैँसीलाई कृत्रिम गर्भाधान गराउने पशु कार्यालयले जनाएको छ । ***

तपाईको प्रतिक्रिया