Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – अस्तित्व नै समाप्त भइसकेको अवस्थामा पुगेको साझा यातायात अब नयाँ संरचनामा आउने भएको छ । आफ्नो स्थापनाको ४० वर्ष पछि पुनः सञ्चालनमा आउन लागेको सो सेवा चाँडै सेवा सुरु गर्नका लागि नयाँ सञ्चालक समिति गठन गरी आवश्यक प्रशासनिक र व्यवस्थापकीय काम अगाडि बढाउन थालिएको छ ।

पुरानो साझाको सेवाभन्दा फरक ढङ्गले सेवा सञ्चालन गर्न विशेष तयारी भइरहेको बताइए पनि यसले स्थापनाकालकै हरियो रंगको बस नै सञ्चालनमा ल्याउने तरखर गरिरहेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले साझालाई आधुनिक, व्यवस्थित र पारदर्शी तथा समाजप्रति उत्तरदायी हुने ढङ्गले सञ्चालन गर्न कुनै कसुर बाँकी नराखिने बताउनुभयो ।

साझा यातायातको पुँजीका रूपमा ललितपुरको पुल्चोकमा रहेको २२ रोपनी जग्गालगायत संस्थाको चल-अचल सम्पत्तिको फरक फरक र सञ्चालनको योजना तर्जुमा लगायतका काम भएका छन् । वीरगन्जमा रहेको जग्गा बेचेर आएको ६ करोड रुपैयाँ बस किन्न छुट्याइएको छ भने अहिले न्यूनतम् व्यवस्थापन कार्य सञ्चालनका लागि एक प्रशासन प्रबन्धकसहित केही कर्मचारी नियुक्त गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत छनौट हुनासाथ सेवा सुरु गर्ने गरी व्यवस्थापकीय काम भइरहेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताउनुभयो । पुरानो साझालाई नयाँ ढङ्गबाट व्यवस्थापन गरी नयाँ बस खरिद गरेर सेवा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार पहिलोचरणमा उपत्यकामा २० देखि ३० वटा बस खरिद गरी सञ्चालन गरिने छ ।साझाको हाल हरिहरभवनमा रहेको २२ रोपनी जग्गा मात्र आफ्नो नाममा छ । वीरगन्जको १६ कठ्ठा बिक्री गरी बस खरिदका लागि जम्मा गरिएको छ भने लगनखेलको छ रोपनी जग्गा २०६० सालमा नै कर्मचारी सञ्चय कोषलाई बिक्री गरिसकिएको छ । ***

तपाईको प्रतिक्रिया