Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संसद सत्र चलिरहेको समयमा अश्लिल चित्र हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीहरुले राजीनामा दिएका छन्। कोअपरेसन मन्त्री लक्ष्मण भी सावदी, महिला तथा वाल विकास मन्त्री सीसी पाटिल र प्रविधि मन्त्री कृष्ण पालेमरले आज राजीनामा दिएका हुन्। उनीहरु भारतीय जनता पार्टीबाट मन्त्री बनेका हुन्। उनीहरु संसदको चालु सत्रमा पोर्नोग्राफिक भिडियो हेरिरहेको अवस्थामा समातिएका हुन्। मन्त्रीहरु पोर्नो भिडियो हेरिरहँदा समातिएपछि संसदमा हङ्गामा नै हुन पुग्यो। भारतीय जनता पार्टीको निर्देशनमा उनीहरुले राजीनामा दिएको पिटिआईले जनाएको छ।

टेलिभिजनका क्यामरापर्सनले मन्त्रीहरुले मोबाइल सेटमा पोर्नो फिल्म हेरिरहेको दृष्य कैद गरेका थिए। सावदीले मोबाइल देखाइरहेको र अर्का मन्त्री पाटिल गुनगुनाई रहेको फुटेज टेलिभिजनले देखाएका छन्। स्थानीय टेलिभिजनले मन्त्रीहरुको पोर्नो प्रेमबारे समाचार दिएपछि सावदीले आफूलाई चोख्याउँदै भने, ‘म एउटी महिला चार जना पुरुषबाट कसरी वलात्कृत भइन भन्ने हेरिरहेको थिएं। मसँग पोर्नोग्रफिक भिज्युअल हेर्ने सस्तो मानसिकता ममा छैन।’

सभामुख केजे वोपाहले भने अहिल्यै केही बताउन नसक्ने बताए। उनले कानुनभन्दा माथि कुनै पनि मन्त्री हुन नसक्ने भन्दै अनुसन्धानमा दोषी देखिए सजायको भागिदार हुनुपर्ने बताए।

भाजपाका कर्नाटक अध्यक्ष केएस इश्वरप्पाले पार्टी मूख्यालयमा यसबारे जानकारी गराएको र पार्टीले माथिको आदेशमा निर्णय गर्ने बताएका थिए।

विपक्षी दल कङ्ग्रेस आईका नेता सिद्दारमनहीले सावदीलाई संसदबाट बाहिर्‍याउनुपर्ने माग गरे। ‘सभामुखले उनलाई मन्त्री पदबाट निस्कासन गराउनुपर्छ। यो अत्यन्तै घृणित काम भएको छ। सरकारले कारबाही नगरेसम्म हामी विरोधमा रहनेछौं,’ उनले भने। ***

 

तपाईको प्रतिक्रिया