Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – गोकर्ण रिसोर्टमा बुधबार सम्पन्न प्रमुख तीन दल माओवादी, एमाले र काँग्रेसको बैठकमा सशस्त्र युद्धको समय माओवादीको जनसत्ताको लिखतलाई वैधानिकता दिने सरकारको निर्णय फिर्ता गर्ने सहमति भएको छ।

काँग्रेस, एमालेका नेताहरुको चासो र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई ध्यानमा राखी भोलिको मन्त्रिपरिषद्‍को बैठकले निर्णय फ़िर्ता लिने माओवादी नेता सीपी गजुरेलले संवाददाताहरुलाई जानकारी दिएका छन्।

काङ्ग्रेस नेता शेरबहादुर देउवाले भने ‘भाषा जे/जस्तो प्रयोग गरे पनि जनसत्ताको निर्णयलाई मन्त्रिपरिषद्‍ले खारेज गर्ने’ बताए। त्यस्तै लडाकुहरुको चेक खोसिएको प्रकरणलाई पनि भोलि नै विशेष समितिको बैठक गरी सम्बोधन गरिने सहमति दलबीच भएको छ। ***

तपाईको प्रतिक्रिया