Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दुबई । नेपालका प्रमुख शहरमा मात्र प्रदर्शन हुने नेपाली चलचित्र अब संयुक्त अरब इमिरेट्स (यूएइ) मा पनि प्रदर्शन हुने भएको छ ।

शनहिल सिनेमा प्रोडक्सन एलएलसीले यूएइको दुबईस्थित गोल्डन सिनेमामा प्रत्येयक शुक्रबार नेपाली चलचित्र प्रदर्शन गर्ने गरेको छ । शनहिलका सञ्चालक सूर्य गिरीका अनुसार प्रत्येक महिनाको प्रथम शुक्रबार चलचित्र फेरिने बताएका छन् । चलचित्र प्रदर्शन हुँदा चलत्रित्रका प्रमुख कलाकारका साथमा दर्शकहरूले चलचित्रको मनोरञ्जन लिने बताएका छन् ।

युएइका लागि नेपालका राजदूत अर्जुनबहादुर थापाले गत २७ जनवरी २०१२ छबिलाल कन्जुस छैनको प्रदर्शनको उदघाटन गर्नुभएको थियो । सो अवसरमा नेपालका चर्चित कलाकार निर शाह र छविलाल कन्जुस छैनको नायक सुमन सिंह पनि उपस्थित रहेका थिए । ***

तपाईको प्रतिक्रिया