Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघको जलस्रोत क्षेत्रका भारतीय लगानीकर्ताहरु सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार औपचारिक भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा भारतीय लगानीकर्ता प्रतिनिधिमण्डलको नेतृत्व गरेका पावर ट्रेड कर्पोरेशनका निर्देशक डा. अशोक हल्दियाले भारतीय लगानीकर्ताहरु नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए । साथै उनले नेपाल र भारतबीचको प्रसारण लाइन यथाशीघ्र छिटो निर्माण गर्नुपर्नेमा जोड दिँदै यसको निर्माणबाट दुबै मुलुकलाई फाइदा पुग्ने विश्वास समेत व्यक्त गरे । उक्त प्रतिनिधिमण्डलले जलविद्युत विकासका लागि विद्यमान नीति कानुनमा समसामयिक सुधारका साथै लगानीको सुनिश्चिततामा जोड दिंदै जलविद्युतका विषयलाई सम्वोधन गर्न एक छुट्टै उच्चस्तरीय संयन्त्र स्थापनामा जोड दिएको थियो ।

एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद्का सदस्यहरु समेत सम्मिलित सो भेटवार्तामा महासंघका अध्यक्ष वैद्यले एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद् मार्फत नेपालमा भारतीय लगानी आकर्षण गर्न लागिरहेको र यो भ्रमण पनि यसैको प्रतिफल भएको बताए । उनले नेपालले २०१२–२०१३ लाई लगानी वर्षको रुपमा मनाउन गइरहेको सन्दर्भमा भ्रमण निकै उपलव्धीमुलक हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणको समयमा सम्पन्न बिपा सम्झौता र दोहोरो कर मुक्ती सम्बन्धी सम्झौताबाट भारतीय लगानीकर्ताहरुमा सकारात्मक प्रभाव परेको बताए ।

सो अवसरमा दुवै देशका निजी क्षेत्रको सुझावलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. भट्टराईले नेपाल अझै पनि संक्रमणकालिन अवस्थामै रहेकोले केही समस्या देखिएपनि नेपाल सरकार आर्थिक विकासको अभियानमा निरन्तर अगाडी बढीरहेको स्पष्ट पारेका थिए । नेपालमा निर्धक्कसँग लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले यतिखेरको मुख्य चासो दीगो शान्ति स्थापना सहित संविधान निर्माण नै रहेकोले अन्य महत्वपूर्ण कार्यहरु छायाँमा पर्न गएको जस्तो देखिएपनि सरकार निजी क्षेत्रको नेतृत्वमुखी अर्थतन्त्रको विकासमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो । साथै उनले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई कुनै शंका नगरी नेपालमा जलविद्युत लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा लगानी गर्न आग्रह गर्दै एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद्ले दिएका सुझावहरुको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए ।

उक्त प्रतिनिधिमण्डलले मंगलबारै उद्योग मन्त्री अनिलकुमार झा र सोमबार उर्जा मन्त्री पोष्ट बहादुर बोगटी समक्ष औपचारिक भेटवार्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया