Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

ब्रुनाई – छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ब्रुनाईबाट पनि सहयोग हुनेभएको छ ।

क्याप्टेन काजीमान कुरुम्भङ एमसीको संयोजकत्व रहेको कमिटीको कोषाध्यक्ष ज्ञानेन्द्र केबुकहाँङ र सम्पर्क सचिव विश्वासदीप तिगेला रहेका छन् भने ११ जना सदस्य रहेका छन् । आफ्नो भूमिमा पहिलो पटक सम्पन्न हुन गईरहेको अवसरमा ब्रुनाईका छथरेहरु जुर्मुराएका हुन ।

गत ५ पुस २०६८ का दिन धनकुटा सिधुवामा सम्पन्न एक भेलाले ऐतिहासिक छथर महोत्सव गर्ने निर्णय गरेको थियो । धनकुटा र तेह्रथुम जिल्लामा पर्ने विभिन्न १९ गाँउ विकास समितिका प्रतिनिधित्व हुने गरि टेकराज लिम्बु अध्यक्ष र उपाध्यक्ष थिरेन्द्र खजुम र सचिव कमल तिगेला गरि ४१ सदस्यीय महोत्सव आयोजक समिति निर्माण भएको छ । यस बर्ष ताकलुक यकमा र आगामी बर्षहरुमा क्रमशः पंचकन्या, चाङसीङघारीमा महोत्सव गर्ने जनाईएको छ ।

छथर इलाका भित्र तेह्रथुमका ९ गाविसहरु –सुदाप, ओख्रे, पंचकन्या, फाक्चामारा, दाँगपा, फूल्लेक, बसन्तपुर, हमरजुङ, आङदिम र धनकुटाका १० गाविसहरु – हात्तिखर्क, मूर्तिढुङ्गा, जितपुर, मारेककटहरे, घोर्लिखर्क सान्ने, ताङखुवा, परिवादिन, तेलिया, लेगुवा पर्दछन् ।

महोत्सव सफल बनाउनको लागि देशविदेशमा रहनु भएका सम्पूर्ण छथरवासी तथा गैर छथरवासीहरुलाई अनुरोध गरिएको छ । थप सोधपुछ, सल्लाह, सुझाव तथा सहयोगको लागि फोन न 9851024070 सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।

सहयोगीहरुबाट प्राप्त सहयोग रकम र नामावली महोत्सव स्मारिकामा प्रकाशित हुने कुरा जनाइएको छ । ***

तपाईको प्रतिक्रिया