बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024
काठमाडौ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सात दिनभित्र सरकारले सहमति कार्यान्वयन गर्दे सेना समायोजन प्रक्रिया अगाडि नबढाए प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र माओवादीसँग बोलचाल समेत बन्द गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता महतले सात दिने अल्टिमेटम भित्र सरकारले सहमति कार्यान्वयन नभए एमाले र काँग्रेसले माओवादीलाई बाध्य पार्न जस्तोसुकै गंभिर कदम चाल्न पनि तयार हुने स्पष्ट पारे । त्यस्तो कदममा सरकार विरुद्ध अविश्वासको प्रस्ताव, माओवादीसँगको संबाद बहिस्कार लगायतका जे पनि हुन सक्ने दावी गरे ।
साक्षात्कारमा उनले माओवादीले अहिलेसम्म आफूलाई फाईदा हुने सहमति कार्यान्वयन गरे पनि घाटा हुने खालको कुनै पनि सहमति कार्यान्वयन नगरेको दावी गर्दै सहमतिको पालना गरे अहिलेकै सरकारलाई सहयोग गर्न समेत तयार रहेको घोषणा गरे । ***

तपाईको प्रतिक्रिया