Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अमेरिकाले स्वैच्छिक अवकास रोज्ने माओवादी लडाकुहरुको शिविरबाट गरिएको विदाईको स्वागत गर्दै समायोजन प्रक्रियामा २० लाख अमेरिकी डलर (साढे १५ करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी सहयोगको घोषणा गर्दै लडाकु विदाई प्रक्रियालाई ऐतिहासिक क्षण बताएको छ ।
‘पूर्व माओवादी लडाकुहरुको शिविरबाट गरिएको विदाईको संयुक्त राज्य अमेरिका स्वागत गर्दछ,’ दूतावासको विज्ञप्तीमा भनिएको छ, ‘लडाकुहरु आफ्ना पोशाक उतारी नेपालका जनसमुदायमाझ फर्कने यो क्षण शान्ति प्रक्रियाको लागि एक ऐतिहासिक क्षण हो  ।’
विज्ञप्तीमा विदाईपछि शिविरमा बाँकी रहने लडाकुलाई नेपाली सेनाका नयाँ पदहरुमा स्थानान्तरण गर्ने प्रक्रियाको थालनी गरी समायोजन प्रक्रियाका बाँकी कार्य सुरु गर्न नेताहरु एक आपसमा निरन्तर सहकार्य गर्ने आशा व्यक्त गरिएको छ । समायोजन पछि सेनाको महानिर्देशनालयलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सहयोय उपलब्ध गराउन अमेरिका प्रतिवद्ध रहेको जनाईएको छ ।
‘नेपाली सेना महानिर्देशनालयका लागि उपकरण र तालिमका लागि हामीले यस वर्ष करीव २० लाख अमेरिकी डलर (साढे १५ करोड रुपैयाँ) बराबरको सहयोग प्रदान गर्ने घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आउने हप्ताहरूमा जब समायोजन प्रक्रिया शुरु हुन्छ यो रकम कुन कुन विशेष आवश्यकताहरूका लागि प्रयोग हुनेछन् भन्ने कुराको पहिचान र समन्वयको लागि हामी रक्षा मन्त्रालय र नेपाली सेनाको निकटमा रहेर सहकार्य गर्नेछौं ।’
सेना समायोजन विशेष समिति सचिवालयले शुक्रबारबाट स्वैच्छिक अवकास रोज्ने लडाकुको विदाई प्रक्रिया सुरु गरेपछि पहिलो पटक दातृराष्ट्र मध्ये अमेरिकाले यसको स्वागत गर्दै सहयोगको घोषणा गरेको हो। माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमा रहेका कुल १७ हजार ७६ लडाकुमध्ये ७ हजार ३ सय ६५ ले स्वैच्छिक अवकास रोजेका छन् ।
तपाईको प्रतिक्रिया