Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाण्डौं- स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूको बिदाई प्रक्रिया शुरु भएकोमा अमेरिकाले स्वागत गरेको छ । नेपालमा रहेको अमेरिकी दुतावासले मंगलवार विज्ञप्ती निकाली बिदाई भएका माओवादी लडाकूले आफना सैन्य पोशाक निकालेर नागरिक समाजमा पुर्नस्थापना हुने यो अवसर शान्ति प्र्रक्रियाकै ऐतिहासिक क्षण भएको बताएको छ ।
समायोजन प्रक्रियाका बाँकी काम पुरा गर्न दलका नेताहरु एकजुट भई अघि बढ्ने विश्वास व्यक्त गर्दै दुतावासले दलहरुको सहमतिपछि मात्रै समायोजनामा जाने माओवादी लडाकुहरु शिविरबाट सेनाको नयाँ भूमिकामा जान सक्नेमा जोड दिएको छ । समायोजनपछि बन्ने सेनाको निर्देशनालयका लागि अमेरिकाले १५ करोड ५० लाख रुपैंया दिने प्रतिबद्धता जनाईसकेकाले समायोजन प्रक्रिया शुरु भएलगत्तै मन्त्रालय र नेपाली सेनासंग सहकार्य गर्दै अघि बढ्ने पनि अमेरिकी दुतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया