Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन- माओवादीको तेस्रो डिभिजन शक्तिखोरमा स्वेच्छिक अवकाशका लागि चेक बुझेका लडाकूहरुलाई तत्काल शिविर छाड्न दवाव दिदै कुटपिट भएको छ । सोमवारराती लडाकुको एक समुहले शिविरभित्रै कुटपिट र घेराबन्दी गरेको कम्पनी कमान्डर हुमबहादुर खड्काले बताउनुभयो । शिविरभित्रै घेराबन्दी भएपछि भागेर शिविर बाहिर निस्किएको खड्काले जानकारी दिनुभयो ।
शिविर बाहिर निस्किएपछि तत्काल वाइसिएल टाँडीको सम्पर्कमा आएका खड्कालाई ईलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा उद्धार गरिएको थियो । खड्का अहिले टाँडीस्थीत वाइसिएल कार्यालयमा हुनुहुन्छ । सरकारले माघ महिनाको समेत रासन र भत्ता उपलब्ध गराउने बताईरहँदा शिविर व्यवस्थापन पक्षले भत्ता पछि पठाईदिने भन्दै चेक बुझेका लडाकूहरुलाई शिविर छाड्न भनेपछि विहान भनाभनको स्थिती पनि भएको थियो ।
अवकासमा जाने लडाकूहरुले माघ महिनाभर आफुहरु शिविरमा रहने र यथासक्य छिटो माघ महिनाको भत्ता उपलब्ध गराउन माग गरेका थिए ।  उनीहरुले शिविरमा हालसम्म भएको खर्च सार्वजनिक गर्न माग समेत गरेका छन् । अवकासमा जाने भन्दै चेक बुझिसकेका डिभिजन सह  कमान्डर दीपक चलाउनेले शिविरमा पारदर्शिता नभएको भन्दै रकम पारदर्शि गर्न आफुहरुले दबाब दिएको बताउनुभयो ।
उहाले यस बिषयलाई पार्टीमा कुरा गर्ने पनि बताउनुभयो । डिभिजन कमान्डर धनबहादुर मास्केले यसबारे केही कुरा गर्न चाहनुभएन् । चेक हस्तान्तरण प्रक्रिया भने मंगलवार पनि जारी रहेको छ ।
तपाईको प्रतिक्रिया