शनिबार, फाल्गुण १२, २०८०
Saturday, February 24, 2024
कैलाली- लडाकुले पाएसरह भत्ता पाउनुपर्ने माग गर्दै विद्रोहमा उत्रिएका एकीकृत नेकपा माओवादीका भातृ संगठन वाइसीएल कार्यकर्तालहरुले पोलिटव्युरो सदस्य तथा सेती महाकाली राज्य समिति इन्चार्ज धर्मेन्द्र बास्तोलाको गाडी नियन्त्रणमा लिएका छन् ।
उनीहरुले नेता भीमबहादुर कटायतको गाडीसमेत नियन्त्रणमा लिएको वाइसीएल केन्द्रीय सदस्य ललित थापाले जानकारी दिए ।
दार्चुला यात्रामा रहेका नेताद्वयको गाडी उनीहरुले नियन्त्रणमा लिएका हुन् । दार्चुलाको गोकुलेश्‍वरमा नियन्त्रणमा लिइएको गाडीको टायरबाट हावा खुस्काएका छन् । युद्धमा भाग लिएर पछि वाइसीएलमा संलग्न रहेका लडाकुले आफूहरुलाई पार्टीले अवमूल्यन गरेको भन्दै पार्टी कार्यालयसमेत तालावन्दी गरेका थिए ।
आज उनीहरुले बाटो अवरुद्ध पार्ने तथा कोण सभाको आयोजना गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया