Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दाङ- नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्रको बिवाद अझै समाधान भईनसकेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले सोमबार आयोजना गरेको साक्षात्कारमा बरिष्ठ नेता देउवाले भातृ संस्थाभित्रमा रहेको बिबाद समाधान भए पनि पार्टीभित्र रहेका तिक्तता अझै बाकि रहेको दावी गरे ।
साक्षात्कारमा उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन आफुलागि परेको बताउदै छिटै पार्टी एक भएर अगाडि बढने धारणा राखे ।
वरिष्ठ नेता देउवाले काँग्रेस नेतृत्वमा अवको सरकार बन्नु पर्ने भन्ने माओबादी अध्यक्ष प्रचण्डको भनाई बिश्वसनीय नभएको उल्लेख गर्दै भने- प्रचण्डजीले छिन छिनमा आफना कुरा परिर्वतन गर्नुहुन्छ । त्यसैले उहाको कुरालाई अहिलेनै बिश्वास गर्न सकिने आधार छैन ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले काग्रेस नेत्रृत्वमा सरकार बन्छ भनेकोमा ब्यङगयात्मक शैलिमा प्रचण्डलाई धन्यबाद दिदै भने- यदि प्रचण्डले साच्चिकै भनेको हो भने त्यो सकारात्मक कुरा हो ।
नेता देउवाले जनसत्ताका निर्णय लाई बैद्यता दिने सरकारको निर्णय फिर्तार्, कव्जा सम्पति  फिर्ता , ७ बुँदे सहमतिको कार्यान्वयन र क्यान्टोनमेन्ट खालि नभएसम्म शान्ति प्रक्रिया अगाडि बढन नसक्ने  ठोकुवा गरे ।
उनले माओबादीकै कारण शान्ति प्रक्रिया अवरुद्ध भएको आरोप समेत लगाए ।
तपाईको प्रतिक्रिया