Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
हङकङ- दुई समूहबीचको विवाद मिलाएर केन्द्रीय सदस्य ओनसरी घर्ती काठमाडौँ फर्के लगत्तै हङकङ माओवादीका सहसचिवमाथि बैठकस्थलमै आक्रमण भएको छ । जिल्ला कमिटी सचिवालय सदस्य जिमी किरातले सहसचिव पवन बस्नेतमाथि आक्रमण गरेपछि आइतबारको बैठक पनि हुन सकेन ।
माओवादीले जिल्ला कमिटिको मान्यता दिएको हङकङमा एक वर्षदेखि दुई समूहबीच चर्को विवाद थियो । उपाध्यक्ष मोहन वैद्य समूहको नेतृत्व जेबी ओख्राबु र अध्यक्ष पुष्पकमल दाहाल समूहको नेतृत्व पवन बस्नेतले गर्दै आएका थिए । तर दुवै समूहले हङकङको झगडा केन्द्रको सैद्धान्तिक विवादसँग सम्बन्धित नभएको दावी गर्दै आएका थिए । माओवादी केन्द्रिय सदस्य ओनसरी घर्तीको पहलमा अघिल्लो साता भएको दुई समूहको बैठकपछि मेलमिलाप भएको घोषणा गरिएको थियो ।
कार्यबाहक सचिव ओख्राबुले आइतबार आफ्नै व्यावसायिक कार्यालयमा डाकेको सात सदस्यीय सचिवालय बैठकको शुरुमै वैद्य समूहका जिमी किरातले सहसचिव बस्नेतमाथि आक्रमण गरेका थिए । ‘तिमिहरू गुण्डा हौ, क्रान्तिकारीलाई नचलाओ बन्दुकले सिध्याइदिन्छु भन्दै गह्रौँ झोलाले मेरो अनुहारमै प्रहार गरे’, बस्नेतले भने, ‘दोस्रो पटक हान्न आउँदा सचिव ओख्राबु र सदस्य विष्णु गुरुङले रोके ।’
तपाईको प्रतिक्रिया