बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – गत जनवरी २४ तारिख मंगलबारका दिन नेपाल-जापान सम्पर्क समितिले थकाली सेवा समिति नेपालको आफ्नै भवन बिनायकबस्तिस्थित प्रागणमा एक समारोह आयोजना गरी स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

उत्त कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन र महासचिब अनिल भट्टचनलाई स्वागत सम्मान गरिएको हो भने, थसेस जापानको पहलमा जापानमा संकलन गरिएको रकम उत्त कार्यक्रममा नगद रुपिया सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको शुरुआत गर्दै आयोजक तर्फका सचिव पानस गौचनले केहि दिन अघि मात्र असमायिक दु:खद निधन हुनुभएका समाजसेवी तथा थसेस जापानका पूर्ब उपाध्यक्ष स्व. गोपाल भट्टचनको स्मरण गराउंदै उहांको नाममा १ मिनेट मौनधारण गरिएको थियो ।

त्यस पश्चात आयोजक तर्फबाट नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) को सभापतित्वमा उपाध्यक्ष मोहन भट्टचनले स्वागत भाषण दिनुभएको थियो ।

प्रमुख अतिथि थसेस जापानका अध्यक्ष शरदकुमार गौचन र बिशेष अतिथि महासचिब अनिल भट्टचनलाई सभापतिले खादा ओढाई स्वागत सम्मान गर्नुहुदै हार्दिक बधाई दिनुभएको थियो ।

अन्य अतिथिहरुमा थसेस काठमाडौं क्षेत्रका अध्यक्ष रमेशकुमार गौचन, नेपाल जापान सम्पर्क समितिका संस्थापक अध्यक्ष खगेन्द्र भट्टचन (सिबाङ्ग), एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचन र थसेस चितवनका निवर्तमान अध्यक्ष समर शेरचन रहनु भएको थियो ।

त्यसैगरि सहभागि अतिथिहरुमा थसेस केन्द्रका प्रतिनिधि, थसेस महिला प्रतिनिधि, थसेस चितवनका अध्यक्ष, थसेस अनुसन्धान केन्द्रका कोषाध्यक्ष नरेश तुलाचन, थसेस युवा परिवारका अध्यक्ष अमृत गौचन, थासांङ स्पोर्ट क्लवका अध्यक्ष गुप्त शेरचन र नर्साङ्ग गोम्पा संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष सोमत भट्टचनको समेत उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रमको बारेमा जानाकारि, उदेश्य र आवश्यकता सहित थसेस केन्द्र, क्षेत्र र नेपाल जापान सम्पर्क समितिको बारेमा संस्थापक अध्यक्ष तथा सल्लाहकार खगेन्द्र भट्टचन (सिबाङ्ग) ले बिस्तृत बिवरण सहित प्रकाश पार्नुभएको थियो ।

प्रमुख अतिथिको आसणबाट बोल्दै थसेस जापानका अध्यक्ष शरदकुमार गौचनले थसेस जापानको बर्तमान अवस्था, परिस्थिति, भए गरेका गतिबिधि र भावी रणनीतिहरुको बारेमा स्पष्ट पार्दै थसेस नेपालसंग सहकार्य, समन्वय र थसेस नेपालकै मार्गनिर्देशन अनुसार नै थसेस जापान अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । साथै सोहि अबसरमा अध्यक्ष गौचनले जापानदेखि संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नुभएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण पश्चात अध्यक्ष गौचनले संकलित रकम यी दुबै संस्थाका अध्यक्ष गत बर्ष जापान भ्रमणको समयमा थकाली सेवा समिति जापानलाई आर्थिक सहयोगको लागि थसेस केन्द्रको सिफारिसमा आग्रह गर्नुभएको जानाकारि गराउनु हुंदै यस सहयोग रकम उचित, ब्यबस्थित र पारदर्शिरुपले सम्बन्धित ठाउमा उपलब्धिमूलक कार्यमा ब्यबस्थापन गर्न अनुरोध गर्दै जापानको सहयोगिदाताको बिवरणहरु र उहांहरुलाई धन्यबाद दिनु भयो ।

स्मरण रहोस, यो सहयोग रकम थसेस जापानको पहलमा कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचनको अग्रसरतामा १ हप्ता अघि मात्र संकलन गरिएको थियो ।

अन्तमा कार्यक्रमका सभापति तथा नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) ले हामी थसेस जापानकै एक शाखाको रुपमा नेपालमा कार्यरत रहेको र हरसम्भव थकालीहरुको उत्थान,चेतनामूलक कार्य र आर्थिक ब्यबस्थापन सम्बन्धि अति नै पारदर्शि रुपमा सम्पन्न गर्दै आएको र भविष्यमा पनि यो कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता सहित हाम्रो माउ संस्था थसेस जापानले आर्थिक संकलन गरि नेपालमा सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गर्नुभयो ।

तर थसेस जापान र नेपाल जापान सम्पर्क समिति बिचको सम्बन्ध र समन्वय तुलनात्मक रुपमा बृद्धि हुन नसकेकोमा दु:ख ब्यक्त गर्दै अब उप्रान्त ठोस पहल कदमीका साथ सुढृद गर्दै अझ प्रगाढ सम्बन्ध कायम गर्ने दृढता साथ ब्यक्त गर्नुहुदै कार्यक्रमको समापन गर्नुभएको थियो । ***

 

तपाईको प्रतिक्रिया