Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापान नेशनल टुरिष्ट अर्गनाइजेशनले हालै सार्बजनिक गरेको एक तथ्याङ्कअनुसार सन २०११ मा जापान प्रबेश गर्ने पर्यटकहरुको संख्यामा अघिल्लो बर्षको तुलनामा हालसम्मकै ठूलो संख्यामा गिरावट आएको जनाएको छ । सो गिरावट पर्यटन ब्यवसायमै ऐतिहासिक गिरावट भएको बताइएको छ ।

सन् २०११ मा ६२ लाख पर्यटकले जापान भ्रमण गरेका थिए, जुन संख्या अघिल्लो बर्षको तुलनामा २७ दशमलब ८ प्रतिशतले कम रहेको थियो । यसो हुनुमा गत मार्च ११ मा गएको महाभूकम्प प्रमुख कारणकोरुपमा देखिएको छ भने त्यसको साथसाथै जापानी मुद्रामा भएको मुल्य बृद्धि पनि अर्को कारण भएको सो अर्गनाइजेशनले बताएको छ । गत बर्ष जापान भ्रमणमा कमी आएको बिदेशीहरु मध्ये कोरियनहरु सबैभन्दा बढिरहेका छन ।

सन् २०११ मा जापान भ्रमणमा आउने कोरियनहरु १७ लाख रहेका थिए जुन संख्या अघिल्लो बर्षको २४ लाखको तुलनामा ३२ प्रतिशतले कम रहेको छ । त्यसपछि दोश्रोमा चिनिया पर्यटकहरुको संख्यामा कमी आएको छ । सन् २०१० को तुलनामा जापान आउने चिनिया पर्यटकहरुको संख्यामा गत बर्ष २६ प्रतिशतले कमी आएको थियो । तर बर्षको अन्तिम महिना डिसेम्बरमा चिनिया ट्राभल कम्पनीहरुले देखाएको सकारात्मक प्रचार प्रसारले गर्दा यो बर्ष जापान आउने चिनिया पर्यटकहरुको संख्यामा राम्रै सुधार आउने अनुमान गरिएको छ । त्यसको साथै अन्य मुलुकबाट जापान भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पनि यस बर्षदेखि क्रमिक सुधार आउने अनुमान जापान नेशनल टुरिष्ट अर्गनाइजेशनले गरेको छ र यस बर्ष मात्र ८६ लाख पर्यटक भिœयाउने लक्ष राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया