Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
विराटनगर- नेपाली काँग्रेसका सभापती सुशील कोइरालाले शान्ति प्रकृया नटुंग्याएसम्म नेपाली कांग्रेस सरकारको नेतृत्व पाएपनि सरकारमा नजाने बताउनुभएको छ ।
तेह्रथुममा पार्टी कार्यालय उद्घाटन गर्न जाने क्रममा आज विराटनगर विमानास्सथल आइपुग्नु भएका सभापती कोइरालाले संचारकर्मीहरुसंग कुरा गर्दै शान्ति प्रकृया नटुंग्याएसम्म नेपाली कांग्रेस सरकारमा नजाने ठोकुवा गर्नुभयो ।
सभापती कोइरालाले नेपाली कांग्रेस पहिले शान्ति प्रकृया टुंग्याई संविधान निर्माण गर्न लागी परेकोले सरकार मुख्य प्राथमिकता नभएको उल्लेख गर्नुभयो ।
सरकारले जनसत्ताका अबैध कामलाई बैधानिकता दिन गरेको निर्णय फिर्ता नभएसम्म संसद अबरुद्ध कायमै रहने बताउनुभयो ।
प्रधानमन्त्रीले शान्ति प्रकृया र संविधान निर्माण गरेर मुलुकमा स्थायीत्व प्रदान गर्न नसकिए चीन वा भारतमा नेपाल मर्च हुने अभिब्यक्ति दिनुभएको विषयमा संचारकर्मीले गरेकेा जिज्ञासामा सभापती कोइरालाले प्रधानमन्त्रीले आफुले नबोलेको संचारमाध्यमहरुले भ्रामक समाचार दिएको स्पष्ट पारेकोले आफुले त्यस विषयमा कुनै प्रतिकृया नदिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया