Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- संवैधानिक समितिको आइतबारको बैठक मुख्य विषयमा प्रवेश नै नगरी टुङ्गिएको छ ।
समितिका सभापति नीलाम्बर आचार्यको अध्यक्षतामा बसेको बैठकमा एकीकृत नकपा (माओवादी) नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताले आइतबार बस्ने तीन दलको बैठकमा संविधानका विवादित विषयहरुमा सहमति जुटाउने धारणा राखेपछि बैठक स्थगित भएको हो ।
भावी संविधान निर्माणमा शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरुबीच विवाद कायमै रहेको छ भने विवाद समाधान उपसमितिले सहमति जुटाइसकेका केही अन्य विषयमा समेत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षका नेताले पुनः असहमति जुटाउँदै आएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले तीनदलका नेताले बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउन घनिभूत छलफल गर्ने बताउनु भएपछि आजको बैठक विषयवस्तुमा अगाडि नबढेको बताए ।
उनले तीन दलको आइतबारको बैठकमा राष्ट्रिय सहमतिको सरकार निर्माण, संसद अवरोध हटाउनेलगायतका विषयमा समेत तीनदलका शीर्ष नेताले जानकारी गराएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया