Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- श्रीमान् तथा फिल्म निर्माता छवि ओझासँगको सम्बन्ध बिग्रिएको सार्वजनिक भइरहेकाबेला नायिका रेखा थापाले त्यसलाई साथ दिएकी छिन् ।
एभिन्यूज टेलिभिजनको कार्यक्रम ‘सम्वाद’लाई अन्तर्वार्ता दिंदै उनले आफू अहिलेसम्म श्रीमती नै नभएको दाबी गरिन् । ‘म हिजो पनि सुश्री थिएँ, आज पनि छु र भोलि पनि,’ उनले कुटनीतिक जवाफ दिइन्, ‘पुरुष संधै श्रीमान् हुने महिला चाँही विहे गरेपछि श्रीमती ? ।’
उनले छविसँगको सम्बन्धबारे खुलाइनन् । तर यति भनिन्, ‘अहिले हामी सँगै छौं, पछिको कुरा म भन्न सक्दिन ।’ उनले अघिल्ला अन्तर्वार्ताजस्तो छविसँगको सम्बन्ध राम्रो रहेको बताउन चाहिनन् ।
तार्किक नायिका रेखाले आफ्नो सम्बन्ध माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसँग समान रहेको धारणा राखिन् । माधवकुमार नेपाल सरकार ढाल्न भद्रकालीमा प्रचण्डसँग नाचेकी उनले त्यसमा भने आत्मालोचना गरिन् । ‘उहाँ सिम्पल हुनुहुँदोरहेछ, जानिनजाति गल्ति भयो,’ उनले भनिन् ।
तपाईको प्रतिक्रिया