Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

काठमाडौं – बेलायतका राजकुमार ह्यारीले व्यस्तताको कारण बेलायती घाइते सैनिकसँग सगरमाथा आरोहण गर्ने पूर्व घोषित योजना रद्द गरेका छन्।

लन्डनबाट प्रकाशित हुने डेलि टेलिग्राफको अनलाइन संस्करणअनुसार सैनिक जिम्मेवारीको कारण सो टोलीसँग सहभागि हुन नसक्ने बताइएको छ। राजकुमार ह्यारी घाइते बेलायती सैनिकको सहयोगका लागि खोलिएको संस्था वाकिङ विथ द वाउन्ड संस्थापक हुन्।

बसन्त ऋतुमा दक्षिणी मोहोडाबाट सगरमाथाको आरोहणका लागि अहिले सो टोली सगरमाथाको आरोहण गर्ने तयारीमा जुटेको छ। त्यसका लागि बेलायतमा नौ घाइते सैनिक तालिममा रहेका छन्। विभिन्न युद्धमा घाइते भएका नौ बेलायती सैनिक मध्ये पाँच जनाले सगरमाथाको आरोहण गर्नेछन् भने चार जना आधार शिविरसम्म ट्रेकिङ गर्ने योजना रहेको सो संस्थाको वेबसाइटले जनाएको छ। सगरमाथा आरोहणमा जाने टोलीमा खोटाङका घाइते गोर्खा सैनिक मनिन्द्र राई पनि रहेका छन्।  ***

तपाईको प्रतिक्रिया