Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले माओवादीले जनविद्रोहको कुरा गर्नु ‘फेसन’ मात्रै भएको बताउनुभएको छ ।
सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानअन्तर्गत रुकुम-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रशिक्षण भेलामा सो कुरा बताउनुभएको हो । ‘माओवादीले जनविद्रोह गर्छु भन्नु काठमाडौं मलमा झुन्ड्याइएको च्यातिएको जिन्स पाइन्ट जस्तै हो’- पाण्डेले भन्नुभयो । उहाँले जनताको बहुदलीय जनवादको विकल्प नै नभएको व्यावहारिक रूपमा पुष्टि भइसकेको बताउनुभयो ।
‘हिजो हामीले पनि यस्तै विद्रोह गर्ने कुरा गर्थ्यौ, तर सफल भएनौं- पाण्डेले भन्नुभयो- ‘कम्युनिस्टहरू यस्तै कुराहरूले फेल हुँदै आएका छन् । अब माओवादीले पनि चाँडै यस्ता कुरा बुझ्नुपर्छ ।’
मञ्चका कार्यबाहक अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव शिव शर्माले गर्नुभएको थियो । भेलामा मञ्चका ४२ जना अगुवा कार्यकर्ताहरूको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया