बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024
काठमाडौं– माओवादी पोलिटब्युरो सदस्य राम कार्की ‘पार्थ’लाई तेस्रोपटक पनि बज्रपात परेको छ ।
सँगै राजदूत सिफारिस गरेका महेशकुमार मास्के चीन पुगेर कार्यभार सम्हाल्दा पनि कार्कीको एग्रिमो भारतले पठाएको छैन । यो पहिलोपटक भने होइन । सुरुमा उनलाई भारत सिफारिस गरिएको थियो, एग्रिमो आएन । प्रचण्ड सरकारले फ्रान्स सिफारिस गरेको थियो, एग्रिमो आयो पनि तर माधव नेपाल सरकारले एग्रिमो लुकाएर दिएन ।
प्रधानमन्त्री बाबुराम भट्टराईका विश्वासपात्र मध्ये एक कार्कीलाई भारत सिफारिस गरिए पनि एग्रिमो आएको छैन । स्रोतका अनुसार कार्कीले भारत रिझाउने विश्वस्त आधार तयार नपारेकाले ढिला भएको हो ।
यसैगरी संयुक्त अबर इमिरेट्सको राजदूत सिफारिस गरिएका धनञ्जय झाको पनि एग्रिमो आएको छैन ।

तपाईको प्रतिक्रिया