Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार शान्ति र संविधानको बाटोमा अवरोध भएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले राजिनामा माग गरेका हुन्।
नेकपा (एमाले) उपत्यका पेसागत बुद्धिजीवी विशेष जिल्ला कमिटीको दोस्रो परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष खनालले शान्ति बहाली र संविधान निर्माणको प्रक्रिया पूरा नभएमा मुलुक सङ्कटको खाडलमा पर्ने बताए।
अध्यक्ष खनालले विविध कारणवश एमाओवादी ठूलो पार्टी बने तापनि उसले मुलुकलाई अगुवाइ गर्ने सामर्थ्य नदेखाएकाले आफ्नो पार्टीले राष्ट्रिय सहमतिका लागि निरन्तर प्रयत्न गरिरहेको दाबी गरे।
एमाओवादीसँग मिल्न पनि नसकिने र नमिली पनि नहुने अवस्था उत्पन्न भएको भन्दै उनले भने – ‘माओवादीसँगको सहकार्य भालुसँगको अङ्कमाल जस्तै भएको छ।’
एमाओवादीले कहिले शान्ति कुरा गर्ने र कहिले विद्रोहको कुरा गर्ने गरेर परिवर्तनलाई संस्थागत गर्ने बाटोमा गम्भीरता नदेखाएको आरोप लगाउँदै नेता खनालले वैचारिक रुपमा सो पार्टीले प्रचण्डपथ छाडिसकेको र आगामी दिनमा माओवादलाई पनि त्याग्ने र जनताको बहुदलीय जनवादको बाटोमा आउने अपेक्षा व्यक्त गरे।
त्यसैगरी उनले नेपाली काँग्रेसले पनि आमूल परिवर्तनलाई आत्मसात नगरेको र मधेसी पार्टीहरु पनि क्षेत्रीयतामा सीमित भएको भन्दै आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न कार्यकर्तालाई आह्वान गरे।
तपाईको प्रतिक्रिया