Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक २६, २०८१
Monday, November 11, 2024
परासी- नवलपरासीमा रहेको एकीकृत नेकपा (माओवादी) जनसेना चौँथो डिभिजनअन्तर्गतका घाइते र पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुले आफूहरूको हकमा थप नयाँ योजना नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। ‘बाध्यात्मक परिस्थितिका कारण स्वेच्छिक अवकास रोजेको’ आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
माग पूरा नभएसम्म शिविर नछाड्ने सोही डिभिजनमा रहेका अपाङ्ग लडाकु एवम् जनक्रान्ति घाइते तथा अपाङ्ग योद्धा सङघका पश्चिमाञ्चल क्षेत्रीय सदस्य टीकाराम घर्तीमगरले बताए।
चौंथो डिभिजन मुख्यालयसहित सहायक शिविरहरू नवलपरासीको हात्तिखोर, जर्गाह र रुपन्देहीका सैनामैनामा गरी पूर्णरूपमा अशक्त करिब १८ जना र विभिन्न किसिमका ५ सय जना लडाकु अपाङ्ग रहेको उनले जानकारी दिए।
ती लडाकुहरूले घाइतेलाई उपचार, पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुलाई गास-बास-कपास, कृत्रिम अङ्ग, सम्मानपत्र, अपाङ्ग लडाकुका छोराछोरीलाई निःशुल्क शिक्षा र आफन्तलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन्।
चौँथो डिभिजन मुख्य शिविरका देवीलाल घर्तीले अपाङ्ग र पूर्णरूपमा अशक्त अपाङ्ग भएका लडाकुका मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताउँछन्।
यस्तै आफ्ना माग पूरा नभए सेना समायोजना प्रक्रिया रोक्ने चेतावनी दिन्छन् डिभिजन कम्पनी सहकमाण्डर रुपश्री परियार।
तपाईको प्रतिक्रिया