Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दुबई ।  नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएइ) को दुबईस्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरेका छन् । दुबईले अल अलि क्लबमा सम्पन्न हुन गईरहेको अल अहली अन्तरराष्ट्रिय ओपन प्रतियोगितामा नेपाली खेलाडिले अठार वर्ष मुनिको समुहमा एकल काँता प्रतियोगीतामा भाग लिएका हुन् । सो प्रतियोगितामा नेपाली खेलाडिले स्वर्ण रजत र कास्य पदक जितेका छन् । जसमा धादिंगकी बिमला तामाङले स्वर्ण पदक जितेकी छिन्, ज्योती घलेले रजत र कृपा गुरुङले कास्य पदक जितेकी छिन् । उनीहरुको समूहमा अन्य प्रतिस्पर्धीहरुमा यूएइकी अलिया अबदुल्ला, इरानकी मारियम बुस्तानाफ्रेज, युएइका तारनिम हसन महम्मोद यूएइकी खैरा खेलपाती थिए । जसमध्य यूएइकी अलीया अबदुल्लाले पनि कास्य पदक जितेकी छिन् । फाइनलमा बिमलाले नेपालकै प्रतिस्पर्धी ज्योतीलाई हराएकी थिइन । उनीहरुले सिनियर खेलाडिसंग ओपन टिम कातामा यूएइ र इरानका खेलाडिसंग पनि प्रतिस्पर्धा गर्नेछन् ।

बिराटनगरका रामबहादुर लिम्बुले सिनियर ६७ किलो भन्दामुनिको समूहमा एकल कुमिते प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सो समूहमा साउदी अरब, क्यामरुन, अरमेनिया, कुवेत, ओमान, युएइ, इराक, यमन, इजिप्ट, लेबनान, रसिया, सुदान, इरान र नेपालका गरी ६४ जना प्रतिस्पर्धी रहेका छन् । उनले श्रीलंकाको कोलम्बोमा २०१० मा सम्पन्न ११ औं साफ खेलमा रजत पदक हासिल गरेका थिए । नेपाली खेलाडिका साथमा टिम म्यानेजर अयुब खान र रेफ़्रीहरू बिशान सिंह खडका, बिआर मित्र, ध्रुबबिक्रम मल्ल, रेशम लामा, छत्रबहादुर आले मगर र सुरज सुबेदी पनि आएका छन् । रेफ़्री ध्रुबबिक्रम मल्लले कराँतेको नयाँ नियम सम्बन्धि अन्तरराष्ट्रिय नियमको बारेमा अपडेट गर्नका लागि सुनौलो अवसर भएको बताएका छन् ।

खेलाडिहरूको हौसला बढाउनका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष चन्द्रबहादुर रोकाहा, उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सन्तोष प्रर्साई, सचिव जगत आचार्य, सदस्य हेम राई, गुञ्जमान गुरुङ, नेपाल पत्रकार महासंघका सचिव अर्जुन हाललगायतका करिब ५० जना नेपालीहरू अल अहलि क्लबमा भेला भएका थिए । नेपालका राष्ट्रिय खेलाडि देशको गहना भएकोले उनीहरूलाई सम्मान गर्नका लागि एनआरएनए युएइले आजै साँझ सम्मान कार्यक्रम गर्ने अध्यक्ष चन्द्रबहादुर रोकाहाले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया