Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय कविता महोत्सव-२०११ का विजयी प्रतियोगीलाई राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति निवास महाराजगन्जमा आयोजित समारोहमा पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा नुवाकोट निवासी रामबहादुर तामाङ (राबत), कास्कीका शरण आँसु र गोर्खाका छमु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । प्रतियोगीहरूलाई क्रमशः १० हजार, ३०० र २०० अमेरिकी डलर नगदका साथै प्रमाणपत्र दिइएको थियो ।
सो प्रतिष्ठानले गत जुलाई १, २, र ३ तारिखका दिन वासिङ्टन डिसीको भर्जिनियामा आयोजना गरेको प्रतियोगितामा तीस देशबाट प्राप्त ३६१ वटा कविता प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति डा. यादवले विश्वभर छरिएर रहेका नेपालीले नेपाली भाषा र साहित्यको संरक्षण तथा संवर्द्धनमा अनवरत प्रयास गरिरहेको सुन्न पाउँदा गौरवको अनुभूति भएको छ भन्नुभयो ।
तपाईको प्रतिक्रिया