Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको सामाजिक एवम् आर्थिक विकासका साथै शान्ति र संविधानका निम्ति सक्दो सहयोग गर्ने जापान सरकारले प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ ।
जापानमा घाँटीको शल्यक्रिया गराएर आज अपराहृन स्वदेश फर्केपछि विमानस्थलमा कुरा गर्दै उहाँले जापानी विदेशमन्त्री तथा त्यहाँका उच्चस्तरीय सरकारी अधिकारीहरूले नेपालको समृद्धिका लागि सहायता गर्ने तत्परता व्यक्त गरेको बताउनुभयो ।
जापानमा रहँदा आफूले जापानी विधायक, विपक्षी दलका नेता, गैर आवासीय नेपालीलगायतलाई भेटेर द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श गर्नुका साथै नेपालको आर्थिक उन्नती लागि मातृभूमिमा लगानी गर्न आग्रह गरेको श्री श्रेष्ठले बताउनुभयो ।
नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू लागि परेको उल्लेख गर्दै उहाँले जापानी विदेशमन्त्रीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको बताउनुभयो ।
उहाँले सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष र लगानी वर्ष घोषणा गरेको तथा जापानी लगानी भित्र्याउन मुलुकमा उद्योगमैत्री वातावरण बनेको जानकारी जापानीहरूलाई दिएको बताउनुभयो । जापानले नेपाललाई प्रदान गर्दै आएको सहायता बढाउने आश्वासन दिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले शान्ति र संविधानका निम्ति वर्तमान सरकार क्रियाशील रहेको र यसैलाई राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वेच्छिक अवकाश रोजेका लडाकाको बिदाइ तथा समायोजनको कार्य शीघ्र अन्त्य भई सहमतिमा संविधान जारी हुने उहाँले दाबी गर्नुभयो । ***
तपाईको प्रतिक्रिया