Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाल भ्रमणमा आउनुभएका जापानको मियागीका सांसद हात्सुमासा ओनोडेराले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट गरी नेपालको उच्चशिक्षा, औद्योगिक विकासलगायत क्षेत्रमा सहयोगका सम्भावनाका बारेमा कुराकानी गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले नेपालको विकासमा जापान सरकार र जापानी जनताको सहयोग महत्वपूर्ण रहेको र आगामी दिनमा नयाँ नेपाल निर्माणमा पनि सहयोग अझ बढी खाँचो रहेको बताउनुभयो ।
सांसद मियागीले जापानको मियागी युनिभर्सिटीसँग नेपालका विश्वविद्यालयको सम्बन्ध स्थापित गरी उच्च शिक्षामा सहयोग गर्न पानीको शुद्धीकरण, भूकम्पीय सुरक्षा तथा औद्योगिक विकासमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो ।
उहाँले गत मार्चमा जापानमा गएको सुनामीबाट भएको जनधनको क्षतिप्रति नेपालले व्यक्त गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै बढी क्षति भएको मियागी क्षेत्रलाई विश्व सम्पदा सूचीमा विकास गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।
जापानको विकासमा विशिष्ट योगदान राख्न सफल मियागी-जापान-हङकङ समाजका निर्देशकसमेत रहनुभएका ओनोडेराबाट नयाँ नेपाल निर्माणमा धेरै अनुभव लिन सकिने गैरआवासीय नेपाली सङ्घका प्रमुख संरक्षक देवमान हिराचनले बताउनुभयो ।
सांसद ओनोडेराको नेतृत्वमा यही माघ १८ गते आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति डा. रामवरण यादव र सभामुख सुवास नेम्वाङसँग पनि भेट गरी सहयोगका सम्भावनाबारे कुराकानी गरेको थियो । ***
तपाईको प्रतिक्रिया