शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
झापा- झापा जिल्लाका मुख्य बजारका कतिपय होटेल तथा लजमा हुने गरेको यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न झापाको प्रहरीले अभियानको रूपमा कार्य थालेको छ ।
जिल्लाको काँकरभिट्टा, बिर्तामोड र दमकस्थित केही होटेल तथा लजमा विगत दुई दिन छापा मार्दा अश्लील तथा यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा २१ केटी र ११ केटा गरी ३२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूमाथि सार्वजनिक अपराधअन्तर्गत कारबाही सुरु गरिएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बजारका कतिपय होटेल तथा लज यस्ता यौनजन्य गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा दिनको समयमा छापा मार्दा तिनीहरू  पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले यौनजन्य क्रियाकलाप गराउने होटेल तथा लजमाथि प्रहरीले निगरानी गरिरहेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया