बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
विराटनगर –  माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी र एमालेले दुई-दुई पटक नेतृत्व गरिसकेकाले अब कांग्रेस नेतृत्वमा सहमतिको सरकार बन्न सक्ने बताएका छन् । माओवादीले ठूलो पार्टीको हैसियतले प्रधानमन्त्री पाउँदा उपाध्यक्ष बाबुराम भट्टराईले नै त्यसको नेतृत्व गर्ने वताउँदै अध्यक्ष दाहालले एमालेले पनि नेतृत्व गरी सकेको र आफूहरुले पनि सरकार चलाइसकेकाले कांग्रेस अग्रसर भए उसको नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्न सक्ने बताए ।
‘हामी सवै बिषयमा छलफलका लागि खुल्ला छौ, चाँडै राष्ट्रिय सहमतिको सरकार बने र शान्ति प्रकृया पुरा गर्नु पर्छ,’ कोचिला राज्यसमितिको प्रशिक्षणमा उपाध्यक्ष मोहन वैद्य र भट्टराईसँगै आएका दाहालले भने । उनले सहमतिको राष्ट्रिय सरकार नबने सम्म शान्ति प्रकृया र संविधान लेखन कार्य पुरा नहुने बताए ।
‘राष्ट्रिय सरकार विना यी सवै काम सम्भव छैन्,’ दाहालले भने, ‘हुन्छ भने यही सरकारलाई राष्ट्रिय बनाउ नत्र विकल्प खोज्न पनि हामी तयार छौं ।’ उनले माओवादीको केन्द्रीय समितिले पनि राष्ट्रिय सरकारको विकल्प नरहेको निर्णय गरी सकेकाले यसका लागि कोही पनि वाधक बन्न नुहने र नवन्ने समेत वादी गरे ।
यस अघि तीनै समुहका केन्द्रीय नेताहरुले छुट्टाछुट्टै प्रशिक्षण यस क्षेत्रमा गरिसकेका छन् । लामो समय पछि सवै पक्षलाई एकै स्थानमा राखेर तीनै जना नेताहरुले प्रशिक्षण दिन लागेका हुन् ।

तपाईको प्रतिक्रिया