मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024
काठमाडौ- जापानी सांसद् हात्सुमासा आनोडेराले जापानमा केही समयअघि गएको भुईचालो पिडीतलाई नेपाल र नेपालीले गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा आनोडेराले भुकम्पबाट पिडीत जापानीहरुको उद्धार देखी हरेक पिडामा नेपाल नेपालीले देखाएको सहानुभुदिताले जापानी जनता कृतज्ञ भएको भन्दै नेपाल र नेपालीको लागी सहयोगको सम्भाब्यता अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिए ।
उनले आफूले नेपालका राष्ट्रपति डा रामबरण यादवसगको भेटको क्रममा केहि महिना अघि जापानमा गएको बिनासकारी भूकम्पमा जापानी जनतालाई नेपालले गरेको सहयोग र देखाएको सहृदयताप्रति कृतज्ञता प्रकट गर्दै नेपालको विकासमा जापान साझेदार बन्न तयार रहेको जानकारी गराएका थिए ।
साक्षात्कारमा उनले जापानको मियागी विश्वविद्यालय र नेपाल एक उपयूक्त विश्वविद्यालयविच साझेदारी कायम गरेर शिक्षामा सहयोग गर्ने प्रस्ताव आफूले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई लिखित रुपमा दिएको जानकारी दिदै नेपालको तर्फबाट जवाफ आए लगत्तै काम थालिने जानकारी दिए ।
उनले नेपालीलाई जापानमा रोजगारीको प्रवल सम्भावना रहेको भन्दै नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्र स्थापना र नेपाल जापानवीच विद्यार्थी आदान प्रदान कार्यक्रमको सुरु गर्न आफूहरु तयार रहेकेा बताएका थिए ।
उनले ५० वर्षको नेपाल र जापानको सम्बन्धलाई अझै प्रगाढ गर्न सकिने भन्दै जापानको विकाससगै नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने अध्ययनको क्रममा आफ्नो नेपाल भ्रमण भएकेा जानकारी दिदै नेपाललाई पर्यटकको केन्द्र बनाउन पनि सहयोग गर्न तयार रहेको बताएका थिए ।
उनले साक्षात्कारमा एक जैविक पानी प्रस्तुत गर्दै यसलाई नेपालमा ल्याउन सके यसले नेपालीको आयू बढाउनुका साथ जैविक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको उत्पादनको सम्भाब्य अध्ययन पनि भ्रमणको क्रममा भएको बताए ।
उनले मनमा ईच्छाशक्ति र दृढता भए नेपाली नेताहरुले शान्ति प्रक्रिया निष्कर्समा पुर्याएर संविधान निर्माणगर्न सक्ने विश्वास गर्दै स्थायीत्वमै नेपालको विकास हुने बताए
टोलीमा सांसद आनोडेरासहित हात्सुमासा ओनोडेरा, तोरु मायसावा, ताकेहिदे सुगाइ, इजी त्वाशिता, हिदेआकी मुराइ रहेका छन् । उनीहरुले भ्रमणको क्रममा राष्ट्रपति प्रधानमन्त्री र सभामुखसग भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया