बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
काठमाडौ – मोटरसाईकल रोकेर बसेका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रशान्त गौतमको बसको ठक्करबाट निधन भएको छ ।
गम्भीर घाइते भएका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
काठमाडौंको गोकर्ण दक्षिण ढोका नजिकै बा ३१ प ८३८६ नम्बरको मोटरसाईकल रोकेर बसेका उनलाई बा२ख १८८५ नम्बरको भाडाको बसले ठक्कर दिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ठक्कर दिने बित्तिकै राजधानीको काठमाडौं मेडिकल कलेज सिनामङगल ल्याइएका उनलाई थप उपचारका लागि न्यूरो अस्पताल बाँसबारी पुर्याइएको थियो ।
गोकर्ण बस्दै आएका गौतम गुहेश्वरी गणमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया