Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न ‘चलखेल’ गरिरहेको आरोप लागिरहेकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै अभिव्यक्ति दिएका छन् ।
नेपाल टेलिभिजनको कार्यक्रम ‘ताजा बहस’लाई बिहीबार राति दिएको अन्तर्वार्तामा प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताए । ‘हाम्रो अडान त बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्ने हो,’ उनले भने, ‘तर अरु नमान्ने हो भने विकल्पमा रहेको कांग्रेस नेतृत्वमा पनि सरकार बन्न सक्छ ।’
प्रचण्डले माओवादीभित्र भने बाबुराम सरकार ढाल्ने पक्षमा कोही पनि नभएको दाबी गरे । ‘ बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’जीको प्रस्ताव पनि त्यस्तो छैन,’ उनले भने ।
यसैबीच बिहीबार नै संविधानसभाका ३३ दलको बैठकमा प्रचण्डले सहमतिको सरकारबारे छलफल चलाउनुपर्ने बताएपछि प्रधानमन्त्री भट्टराईले बैठक छाडे । प्रचण्डले त्यसो भनेवित्तिकै उनी हतार छ भन्दै निस्किए ।
तपाईको प्रतिक्रिया